मेयर सापलाई छुट



बोक्सी काण्डमा मेलमिलाप गराउने कैलाली टीकापुरका मेयर सापले छुट पाएछन्। न त उनलाई कानुनले छोयो न त पुलिसले अहिलेसम्म पक्रने तरखर गरेको छ। कानुन सबैका लागि बराबरी भन्ने उखान मुखमा रामराम बगलिमा छुराजस्तै भएको कुरा धरहराले फेला पार्यो।
गज्जबको कुरा के भने घोडाघडी नगरपालिका ५ देउकलीमा एक छात्रालाई बोक्सीको आरोपमा ६ घण्टासम्म निर्घात कुटपिट भएको घटनामा भिडियो प्रमाणसहित पक्राउ परेका दोषीलाई सोही नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको रोहबरमा मिलापत्र गरेर छुटाइयो।
दोषीलाई कानुनको कठघरामा ल्याउनुको साटो मेयरसापले उल्टै दोषीलाई उन्मुक्ती दिएछन्। मेयर सापले आफ्नो धर्म निभाउनुपर्ने बेलामा गज्जबको नाटक गरेको देख्दा धरहरा तीनछक परेको छ। उनकै पार्टीका मान्छे प्रम छन्। अब उनलाई के को डर भयो र जे गरे पनि। कमसेकम गलत काममा पार्टी नभनेर दोषीलाई कठघरामा ल्याउन सकियो भने धरहरा मुस्कुराउने थियो कि कसो पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्