सर्लाहीका आलु किसान निराश



सर्लाही । सर्लाहीका आलु किसानहरू आफुले उत्पादन गरेको आलुको उचित मूल्य नपाएपछि निराश भएका छन् । जिल्लाको हजरिया, शंकरपुर, बरहथवा, राजघाट,लौकठ मानपुरलगायतका ठाउँहरू आलुका लागि पकेट क्षेत्र मानिँदै आएका छन् । यहाँ उत्पादित आलु देशका प्रमुख शहरहरूमा निर्यात हुने गरेको छ ।

सर्लाही जिल्लामा १४८० हेक्टर क्षेत्रफलमा आलु खेती भएको जिल्ला कृषि विकास कार्यालय सर्लाहीले जनाएको छ । यस वर्ष समय अनुकूल भएकाले आलु उत्पादनमा वृद्घि हुने जिल्ला कृषि विकास कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत हरेन्द्र प्रसाद गोइतले बताए । अधिकृत गोइतका अनुसार यस वर्ष सर्लाहीमा २१ हजार ६० मेट्रिक टन आलु उत्पादन हुने अनुमान गरिएको छ ।

 

सदरमुकामको नाका हुँदै भारतबाट आलु आयात भैरहेकोले पनि स्थानिय आलुको मूल्यमा गिरावट आएको अधिकृत गोइत स्वीकार्छन् । आलु खेती गर्न खर्च र दुःख गरेर उत्पादन गर्यो तर उचित मूल्य नपाउँदा कसरी जीवन धान्ने बरहथवा ३ हजरियाका किसान हरिभजन महतोले निराश हुँदै भने, ‘जिल्लामा बजार र शीत भण्डारणको राम्रो व्यवस्था नहुँदा आफूहरूले बाध्य भई व्यापारीको भाउमा आलु बेच्नु परेको अर्का किसान महेश बरालले बताए । पोहोर खेतबाटै व्यापारीले प्रति किलो १९/२० को दरले खरिद गथ्र्यो ।

यसपालि प्रति किलो १५ रुपैयाँमा बेच्नु परिरहेको किसानहरू बताउँछन् । यसरी बजार वस्तुको भाउ दिन दुइ गुणा रात चौगुणा बढ्दो छ तर आफूहरूले उत्पादन गरेको आलुको भाउ बर्सेनी घटिरहेको छ यस्तै हो भने आलु खेतीको विकल्प खोज्नु पर्ने किसान बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्