चीन र बङ्गलादेश र म्यानमारले गरे व्यापार सम्झौता



नाइपेइ तावा । शक्तिशाली राष्ट चीन,  बङ्गलादेश  र म्यानमार,बीचमा विद्युत् व्यापार सम्झौता भएको छ । नई पीइ टावामा भएको तीन देशका मन्त्रीहरूको त्रिपक्षी बैठकले शुक्रबार सिमा वारपार विद्युत व्यापार विस्तार गर्ने सम्झौता गरेको हो ।

सम्झौता कार्यान्वयन गर्न छु्ट्टै संयन्त्र बनाउने छलफल भएको उच्च अधिकारीहरूले बताएका छन् । सम्झौताले तीन देशबीच विद्युत सुरक्षा, विद्युत श्रोतहरूको आदानप्रदान, विकासका पूर्वाधार, रोजगारीको सृजना लगायतका क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ ।

बैठकमा म्यानमारका विद्युत तथा उर्जा मन्त्री यु विन खाङ, चीनका राष्ट्रिय उर्जा प्रशासनका उप–प्रशासक लि फान्रोङ र बङलादेशको प्रधानमन्त्रीका उर्जा, विद्युत र खनिज श्रोत मामिला सल्लाहकार डा तावफिक इ इलाही चौधरी सहभागी थिए । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्