विलोश र यशस्वी च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
विलोश श्रेष्ठ र यशस्वी अवाल प्रथम राष्ट्रिय अन्तर वडा टेबलटेनिस प्रतियोगिताअन्तर्गत क्याटगोरी ‘ए’को सिंगल्समा शुक्रबार च्याम्पियन बनेका छन्।

पुरुष सिंगल्स फाइनलमा कीर्तिपुर–९ का विलोशले धरान–९ का महावीर चौधरीलाई ११–४, ११–४, ११–५ र ११–९ को सोझो सेटमा पराजित गरे। बनिया खलःको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको यू–१८ सिंगल्सको ब्वाइजमा ललितपुर–७ का डिकेन महर्जन र गल्र्समा डल्लुकी स्मृति पन्त विजेता बनेका छन्।त्यस्तै यू–१४ सिंगल्सको ब्वाइजमा भक्तपुर–७ का रेखन तामाङ र गल्र्समा डल्लुकी सुस्मिता खड्का, भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा ललितपुर–११ का राजेन्द्र वज्राचार्य तथा भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा बूढानीलकण्ठ–१२ का कपुर शर्मा पहिलो भएका थिए।

नेपाल संवत् ११३८ को उपलक्ष्यमा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबारदेखि शुरू प्रतियोगितामा विभिन्न २५ वडाका २ सय ५० खेलाडीले ९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। अखिल नेपाल टेबलटेनिस संघको तत्त्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा प्रतियोगिता आयोजित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्