विमानमा अश्लील क्रियाकलाप देखाउने यात्री पक्राउ



बंगलादेश, (एजेन्सी)
मलेसियन एयरलाइन्समा अश्लिल क्रियाकलाप गर्ने बंगलादेशका एक यात्री पक्राउ परेको जनाइएको छ। गत शनिबार राजधानी क्वालालम्पुरबाट उडेको उक्त मलेसियन एयरलाइन्स मलिन्डो एयरको उडानमा निर्वस्त्र भएर महिलासँग अश्लिल व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ। ती युवक मलेसिया युनिभर्सिटीका छात्र भएको न्यु स्टेट्स टाइम्सले जनाएको छ।

क्लालालम्पुरबाट उडान भरेलगत्तै २० वर्षीय ती बंगलादेशी युवकले उडानमा अचानक आफ्नो लुगा फुकाले र ल्यापटपमा अश्लिल सामग्री हेर्न थाले। त्यसपछि उनले महिला फ्लाइट अटेन्डेन्टसँग दव्र्यवहार गर्ने प्रयास गरे। आफ्नो घटिया व्यवहारबाट उनले सबैलाई दुःख दिए। त्यसपछि केही यात्री र चालकदलका सदस्यहरू मिलेर उनलाई उनकै सिटमा बाँधे। ती यात्रीलाई पछि पक्राउ गरिएको एयरलाइन्सले जानकारी दिएको छ।

विश्वविद्यायका ती युवकलाई लुगा लगाउन चालक दल सदस्यले धरै पटक अनुरोध पनि गरेका थिए। तर लुगा लगाइसकेपछि पनि उनले अश्लिल क्रियाकलाप गर्न थाले। उनले महिला चालक दल सदस्यलाई जबरजस्ती अंगालो हाल्ने प्रयास गरे। अन्य सदस्यलाई उनलाई रोकेपछि उनले दुव्र्यवहार गर्न थाले। युवकलाई बंगलादेशको राजधानी ढाकामा पक्राउ गरियो। केही यात्रीका अनुसार ती युवकले आफ्नो सिटमा पिसाब पनि गरेका थिए। नग्न अवस्थामै वाथरुम गएका थिए।

प्रतिक्रिया दिनुहोस्