पत्रकारलाई सजाय



इस्तानबुल, (एजेन्सी)
टर्कीको एक अदालतले सरकारले सन् २०१६ को जुलाईमा भएको असफल सैनिक विद्रोहमा संलग्न रहेको आरोप लगाइएका २५ जना पत्रकारलाई शुक्रबार कारावास सजाय तोकेको छ। तीमध्ये २३ जनालाई सशस्त्र आतंककारी संगठनको सदस्य भएको ठहर गर्दै जनही साढे ७ वर्ष लामो कारागार सजाय तोकिएको छ। त्यसैगरी अन्य दुई जनालाई भने योभन्दा कम सजाय तोकिएको छ। तिनीहरूलाई उक्त सैनिक विद्रोहको सूत्रधार मानिने अमेरिकामा बसोबास गर्दै आएको मुस्लिम धर्म गुरु फेतहुल्लाह गुलेनका लागि काम गरेको अरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्