एनआईसी एसियासँग २७ बैंकले कारोबार नगर्ने



काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकहरुलाई बचत र निक्षेपमा उच्च ब्याजदर प्रदान गरेको भन्दै बैंकर्स संघमा आवद्ध नेपालका २७ वटा वाणिज्य बैंकहरुले एनआईसीसँग अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका छन् ।

एनआईसी एसियाले ग्राहकलाई प्रदान गर्ने ब्याज तत्काल नबढाउने प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै बैंकर्स संघले यस्तो निर्णय लिएका हुन् । शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एसियासँग कुनैपनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

गत शुक्रबार भएको कार्यक्रममा संघमा आबद्ध बैंकहरुले बचत खातामा ८ र एक बर्षे मुद्धतिमा ११ प्रतिशतमात्रै ब्याज कायम गर्ने निर्णय गरेका थिए । तर, एनआईसी बैंकले बिहिबार मात्रै बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेको थियो ।

एनआईसीले ब्याजदर बढाएको सूचना सार्वजनिक गरेपछि बैंकर्स संघले शुक्रबार बिहान बैंकको ब्याजदर बढाउने निर्णयमाथि समीक्षा गर्न बैठक बोलाएको थियो । सोही बैठकमा संघमा आबद्ध बैंकले एनआईसीसँगको कारोबार बन्द गरेको निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्