आङसाङ सुकीको मानवअधिकार अवार्ड खोसिने



एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता आङसान सुकीलाई २०१३ मा दिइएको मानव अधिकार अवार्ड रद्द गरिने भएको छ ।

अमेरिकाको हालोकास्ट मेमोरियल म्युजियमले मानवअधिकार पुरस्कारको सही उपयोग नगरेको आरोप लगाउँदै बुधबार रद्द गर्ने निर्णय गरेको हो । सन २०१३ मा प्रदान गरिएको ‘एल विसेल अवार्ड’ लाई आधिकारिक रुपमा रद्द गराउन म्युजियमले कानूनी कागजपत्र समेत सार्वजानिक गराको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मानवअधिकार नोबेल शान्ति पुरस्कार विजेता एल वीसेलको नाममा राखिएको थियो । म्यानमारमा गत वर्ष भएको रोहिंज्या मुसल्मानको जातिय सफायालाई रोक्न सुकीको भूमिका शून्य रहेकाले उक्त पुरस्कार रद्द गर्ने निर्णय लिएको म्युजियमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्