माओवादीबाट सभामुखकाे उम्मेदवारमा महरा



काठमाडौं । माओवादी केन्द्रले सभामुखमा कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको पादाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सुवास नेम्वाङलाई सभामुख बनाउन लबिङ गरिरहेको थियो । त्यसका लागि शुक्रबार विहानसम्म एमालेको प्रयास जारी थियो ।

तर, माओवादीले सभामुख एमालेलाई दिन नसकिने भन्दै महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्