दिवसका म्याडम



विविध कार्यक्रमका साथ विहीवार विश्वभर १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । दिवस बुझ्ने बुझाउने आ–आफ्नै तरिका छन् । नेपालमा कतै ‘अन्तर्राष्ट्रिय महिला’ कतै ‘नारी’ र कतै चाहिँ ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ भन्दै मनाइन्छ । यस अवसरमा र्याली, अन्र्तक्रिया, छलफल, सञ्चार माध्यममा यही विषय जोडिएका अन्तर्वाता, महिला अभियान्तालाई सम्मान लगायतका कार्यक्रम गर्ने प्रचलन विगत देखिकै हो ।

केहि वर्ष यता सामाजिक सञ्जाल ‘सेल्फी इन अ वुमन्स डे’ अनिवार्य झैं भएको छ । दिवसको महत्व नबुझ्नेहरुले पनि सेल्फी चाहिँ ‘वुमन्स डे’ कै रुपमा प्रोस्टिएकै हुन्छन्, ‘मोडलिङ पोज’मा । यस्तै र अनेकौ तामझामका साथ यता सहर बजारमा दिवस मनाइन्छ, तर मुलुककै कुनै पीछडीएका वस्ती र क्षेत्र दिवसबारे पुरै अनविज्ञ रहन्छ । लाग्छ कि, २⁄४ वर्षयता मात्रै दिवस मनाउन थालिएको हो ।

महिला अधिकारका सवालमा मुलुकमा प्रगति नभएको भने होइन, जनप्रतिनिधी र सार्वजनिक निकायमा महिला सहभागिता राम्रैसँग बढ्या छ । महिलाहरु निर्णायक तहमा पुग्या छन् । तर उनै जन प्रतिनिधी र कुनै उपल्लो दर्जामा पुगेका महिलाको घर भित्रैको विभेद देख्दा धरहरा छक्क पर्छ ।

विहीवार दिवसको कार्यक्रममा निस्किन निकै मेहनत गर्दा पनि धेरै म्याडमहरुको घरमा ‘भुजा’ पाक्न केही ढिलो भयो । त्यही बहानमा रन्थनिदै म्याडमहरुले ‘जाबो भुजा पकाउन पनि ढिलो गर्या छ’, सब्जी यो भएन, त्यो भएन भन्दै भान्साकी सहयोगीलाई अनेकौ गाली गरेको देख्दा धरहरा निकै छक्क पर्या छ ।

प्रतिक्रिया दिनुहोस्