मृत गाई



सिडनी, (एजेन्सी)
एक जना अस्ट्रेलियाली कृषकले आफ्नो खेतमा ६ वटा गाई मृत अवस्थामा फेला पारेका छन्। विशेषज्ञहरूले चट्याङका कारण तिनीहरू मरेको हुनुपर्ने अनुमान गरेका छन्। भीषण आँधी तुफान आएको केही दिनपछि गत साता क्विन्सल्यान्डको फलामको तारले घेरिएको खेतमा ती मृत गाई भेटिएका हुन्। ती गाईका मालिक डिरेक सर्लीले यस घटनबाट आफू स्तब्ध भएको बताएका छन्। सिडनी युनिभर्सिटीका लाइभस्टक विशेषज्ञ डा. साव्रिना लोम्याक्सले मरेका ती छवटै गाई तारमा बेरिएको अवस्थामा रहेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्