दुप्चेश्वर गाउँपालिकाका ४४ घरपरिवारलाई सोलार बत्ति



नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको ४४ परिवारलाई सोलार बत्ति वितरण गरिएको छ ।

दुप्चेश्वर गाउँपालिकाको वडा नं. १ मा पर्ने घ्याङफेदीको चेताङमा एक कार्यक्रमका विच गाउँपालिकाकी उपप्रमुख अञ्जु आचार्यले ४४ परिवारलाई २० वाट क्षमताको सोलार वत्ती हस्तान्तरण गरेकी हुन ।

उपाध्यक्ष आचार्यले वत्तीको अभावमा विशेष गरी महिला, वालवालिका र विद्यार्थीहरुले कष्टकर जीवन विताउनु परेको र तत्काल राष्ट्रिय विध्युत प्रशारण लाईन जोडिने सम्भावना नभएकाले सोलार बत्ती मार्फत उज्यालोको खोजी गरिएको बताइन ।

नीति निर्माण गर्नेहरुले नुवाकोटका सबै स्थानमा बिद्युत सेवा पुगिसकेको दावी गरेपनि अझै नुवाकोटका केही स्थानका मानिसहरु अन्धकारमै जीवन विताईरहेका छन् । विध्युत सेवाका कारण बालवालिकाहरुको पठनपाठनमा मात्र हैन स्थानीयहरुको दैनिक जीवन समेत असहज बनीरहेको छ ।

यही तथ्यलाई मध्यनजर गर्दे दुप्चेश्वर गाउँपालिकाको दुर्गम भेगमा रहेका स्थानीयवासीहरुलाई राहत स्वरुप सोलार वत्ती उपलब्ध गराईएको दुप्चेश्वर गाउँपालिकाले जनाएको छ ।

दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष आचार्यको पहलमा अल एञ्जल्स नेपाल नामक संस्थाले एकवर्ष भित्रमा दुप्चेश्वरका दुईसय परिवारलाई सोलार वत्ती उपलब्ध गराउने प्रतिवद्धता अनुसार बत्ति वितण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्