बन्द हल्ला मात्रै हो



काठमाडौं । भोली चैत्र २५ र पर्सि २६ गते नेपाल बन्द नभएको बहिर्गमित जनमुक्ति सेना नेपालले बताएको छ । बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रिय अध्यक्ष अर्जुन बुढाथोकीका अनुसार दुइ दिन नेपाल बन्द भनिएपनि त्यो भ्रम मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘भोलि र पर्सि भनिएको बन्द यो भ्रम मात्र हो । सबै बहिर्गमितको नाम बेचेर धन कमाउना खोज्नेहरुले यो बन्दको हल्ला फिजाएका छन् ।’

प्रतिक्रिया दिनुहोस्