चालु आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान



काठमाडौँ । अर्थ मन्त्रालयले चालू आवको अत्यसम्म रु १२ खर्ब ७८ अर्बको बजेटमा रु १० खर्ब ८२ अर्ब ९९ करोड खर्च हुने अनुमान गरेको छ । यो कूल बजेटको ८४.६७ प्रतिशत हो भने गत आवको तुलनामा यो ३१ प्रतिशतले बढी हो ।

त्यसैगरी, कूल खर्चमध्ये चालूतर्फ रु सात खर्ब ३८ अर्ब ९४ करोड, पूँजीगततर्फ रु दुई खर्ब ३४ अर्ब ६२ करोड र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब नौ अर्ब ४२ करोड खर्च हुने अनुमान अर्थ मन्त्रालयको छ । अर्थ सचिव शंकरप्रसाद अधिकारीका अनुसार उक्त रकम कूल बजेटको क्रमशः ९१.९६, ७० प्रतिशत र ७८ प्रतिशत हो ।

त्यसैगरी, सरकारको स्रोततर्फ ९९ प्रतिशत अर्थात् रु नौ खर्ब ८२ अर्ब ८६ करोड ३० लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ । त्यसमा वैदेशिक अनुदान ३४.९४ प्रतिशत अर्थात् रु २५ अर्ब २१ करोड २६ लाख १८ हजार र वैदेशिक ऋणतर्फ ३५ प्रतिशत अर्थात् रु ७४ अर्ब ९१ करोड २४ लाख खर्च हुने अनुमान गरिएको छ ।

अर्थसचिव अधिकारीका अनुसार वैदेशिक सहायताको रकम ज्यादै कम अर्थात् करिब ३५ प्रतिशत मात्र खर्च हुने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्