तिलोत्तमा गोल्ड कप फुटवल शुरु हुदै



यमलाल भुसाल, । आयोजक लाली रुपन्देही ११ र सुदुरपश्चिम ११ का बीच आज बुटवलमा २० औं तिलोत्तमा गोल्डकप नक आउट फुटवल प्रतियोगिताको उदघाटन खेल हुने भएको छ । एन्फा टेक्निकल सेन्टर देविनगरको खेल मैदानमा मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिता शुरु हुन लागेको हो । प्रतियोगिताको आज २ वजे प्रतिनिधीसभाका सासद छविलाल विश्वकर्माले उदघाटन गर्नु हुने छ ।

रुपन्देही फुटवल संघको आयोजनामा २०औं तिलोत्तमा गोल्डकप नक आउट फुटवल प्रतियोगिता शुरु हुने भएको छ । नारायणी पश्चिमा हाल सम्म कै बढी धनराशी पुरस्कार भएको प्रतियोगिता को फाईनल खेल आउदो चैत्र ३ गते हुने छ ।

बुटवल नगरपालिकाले विस २०३१ सालमास्थापना गरी २०३३ सालवाट प्रतियोगिता संचालन हुदै आएको हो । प्रतियोगिताको मुख्य प्रायोजक यशोदाफुड प्रोडक्ट प्रालीको लाली र करेन्ट चाउचाउले गरेको छ । बुधवार यशोदाफुड प्रोडक्टका अध्यक्ष चुनु प्रसाद पौडेर र संघका अध्यक्ष दीर्घ बहादुर केसी कुमारले एमोई गर्नु भएको हो । सम्झौता अनुसार २० औ तिलोत्तमा गोल्डकपमा लाली र करेन्ट चाउचाउ रुपन्देही ११ को टिमवाट प्रतियोगितामा सहभागि हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुनेले टिमले नगद ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिता अवधीमा सर्वोकृष्ट खेलाडीलाई एक थान मोटरसाईकिल तथा उत्कृष्ट फरवाड, उत्कृष्टगोलरक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचलाई जनही २१ ह्जार १ सय ११ रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीर्घ बहादुर केसी कुमारले जानकारी गराउँनु भएको हो ।

प्रतियोगितामा विभागिय ३ टिम सहित १० टिमको सहभागिता रहेकोे छ । विभागिय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस,एपीएफ, डिफेन्डिङ च्याम्पियन सीएमजीसंकटा, रुस्लान थ्रीस्टार, मनाङ मस्र्याङदी ,फ्रेन्डस क्लव, कास्की ११ ,सुदुरपश्चिम ११ र आयोजक रुपन्देही लाली ११ रहेका छन ।

प्रतियोगिता संचालन गर्न बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ७४।७५मा १० लाख रुपैयाँ विनियोजित गरेको छ ।
प्रतियोगिता सम्पन्न गर्न ८३ लाख ३७ हजार ३ सय७६ रुपैयाँ लाग्ने आयोजकले बताएका छन ।
फोटो पनि छ ।

प्रतिक्रिया दिनुहोस्