मंगल ग्रहमा जीवावशेष



लन्डन, (एजेन्सी)
एक विवादास्पद वैज्ञानिकले मंगलग्रहमा जीव अस्तित्व प्रमाणलाई नासाले लुकाउने प्रयास गरिरहेको आरोप लगएको छ। नासाले मंगल ग्रहमा उसको मानव अभियान अगाडि उक्त तथ्यलाई लुकाउन चाहेको आफूलाई लागेको उनले बताए। बकिंघम युनिभर्सिटी अनुसन्धानकर्ता बेरी डिग्रेगोरियोले मंगलग्रहमा विचरण गरिरहेको मार्स रोवर क्युरियोसिटीले पृथ्वीको जस्तै जीवावशेष फेला पारेको दाबी गरेका छन्। उक्त अवशेष भनेको जीवकै अवशेष नभई पैतालाको चिह्नजस्ता जीवावशेष संकेत भएको उनले बताए। नासाले ती डाटाहरू आफूसँगै मात्र सीमित राख्न थालेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्