दोहोरीको भिडियोमा बुद्धवीर र सुशीला



गायक गायिका भागीरथ चलाउने र रीना शाहीद्वारा स्वरबद्ध एक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। तिमी मात्र मेरी बोलको लोकदोहोरी गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। म्युजिक भिडियोमा मोडलद्वय बुद्धवीर थापा र सुशीला थापाले अभिनय गरेका छन्।

गीतमा शब्द तथा संगीत रत्न बुढा क्षेत्रीको रहेको छ। रत्न विदेशमा बसेर पनि नेपाली गीतसंगीतमा निरन्तर कलम चलाइरहेका सर्जक हुन्। यो गीतको भिडीयोलाई धेरै व्यक्तिबाट राम्रो प्रतिक्रिया आएको र युट्युबमा पनि यसले राम्रो भ्युअर्स कमाएको मोडल बुद्धवीरले बताए। करिब ३ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका उनी म्युजिक भिडियो मोडलिङमा व्यस्त मानिन्छन्।

ववित श्रेष्ठको निर्देशन, ओम श्रेष्ठको कोरियोग्राफी र अविनाश डीसीको सम्पादन रहेको भिडियोलाई प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्