कारागारमा अनशनरत थारु नेताको जीवनरक्षाको माग



काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले कारागारभित्रै आमरण अनशनरत बस्दै आउनुभएका नेता तथा कार्यकर्ताको जीनवरक्षाको माग गरेका छन् ।

थरुहट÷थारुवान संयुक्त संघर्ष समितिद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा थारू नेताले टीकापुर घटनाका क्रममा थारू कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरी र थारु नेता लाहुराम थारु, रमेशलाल थारु र लक्ष्मण थारुमाथि झुठो मुद्दा लगाएर बन्दी बनाइएको समेत आरोप लगाएका छन् ।

पूर्वसभासद् रुक्मिणी चौधरीले विसं २०७२ मा कैलालीको टीकापुरमा भएको घटना नितान्तै राजनीतिक हुँदाहुँदै राज्यले झुठा र कपोलकल्पित मुद्दा लगाएको भन्दै आपत्ति जनाउनुभयो । “कारागारभित्रै अनशन बसेको आज चार दिन भइसक्यो, उहाँले राखेका माग राज्यले अविलम्ब पूरा गरेर अनशन तोडाउनुपर्छ”, उहाँले भन्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्