जातीय सफाया



रोहिंग्या, (एजेन्सी)
संयुक्त राष्ट्र संघको मानव अधिकारसम्बन्धी एक अधिकारीले मंगलबार म्यान्मारको रखाइन राज्यमा अल्पमत मुस्लिम समुदाय रोहिंग्यामाथि सरकारी पक्षबाट जातीय सफाया हुने क्रम नरोकिएको जनाएका छन्। ती संयुक्त राष्ट्र संघीय दूतले ती समुदायबीच आतंक र बाध्यकारी भोकमरी जारी रहेको बताएका छन्। ६ महिनाअघि सेनाको दमनको कारण हजारौं रोहिंग्या विस्थापित हुन पुगेका थिए। गत अगस्टयता करिब ७ लाख रोहिंग्या छिमेकी मुलुक बंगलादेशमा पलायन भइसकेका छन्। तिनीहरूले आफूहरू हिंसा, हत्या, बलात्कार र आगजनीको शिकार भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्