कोबे ब्रायन्टलाई अस्कर अवार्ड



लस एन्जेल्स, (एजेन्सी)
श्वविख्यात अमेरिकी पूर्व बास्केटबल खेलाडी कोबे ब्रायन्टले आफ्नो खेल उपाधि सूचीमा फेरी अर्को एउटा अवार्ड जोडेका छन्।

अब उनी अस्कर अवार्ड विजेता पनि बनेका छन्। पाँच पटकका एनबीए (नेशनल बास्केटबल एसोसिएशन) च्याम्पियन कोबे ब्रायन्टको पाँच मिनेटको फिल्म ’डियर बास्केटबल’ बेस्ट शर्ट एनिमेटेड फिल्म चुनिएपछि उनी अस्कर अवार्डका समेत हकदार बनेका हुन्। उक्त फिल्म एउटा पत्रको आधारमा निर्माण गरिएको हो, जुन उनी स्वयमले सन् २०१५ मा लेखेका थिए।

९०औं एकेडमी अवार्डमा कोबे ब्रायन्ट को ’डियर बास्केटबल’ को बेस्ट शर्ट एनिमेटेड फिल्म चुनिएको हो। कोबे ब्रायन्टले आफ्नो उक्त शर्ट मूभीमा बास्केटबललाई लिएर आफ्नो इच्छा, संघर्ष र प्रेमलाई दर्शाएका छन्। फिल्मलाई अमेरिकी एनिमेटर ग्लेन कीनले निर्देशन गरेका हुन्। ३९ वर्षीय कोबेले सन् २०१६ मा बास्केटबलबाट सन्यास लिएका हुन्।

उनले आफ्नो २० वर्षको खेल करियरमा एउटै मात्र क्लब लस एन्जेल्स लेकर्सबाट खेलेका छन्। जब उनले खेललाई अलविदा भनेका थिए त्यही समय देखि क्लबले पनि आफ्नो ८ र २४ नम्बरको जर्सी अन्य खेलाडीलाई लगाउन दिएका छैन।

प्रतिक्रिया दिनुहोस्