पाकिस्तानका प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता



काठमार्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटघाटपछि पाकिस्तानका प्रधानमन्त्री साहीद खकान अब्बासी दुई दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सवा १२ बजे पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई त्रिभुवन विमानस्थलमा पुगेर बिदाई गरेका हुन् । उनि विशेष विमानबाट स्वदेश फिर्ता भएका छन ।

दुई दिने भ्रमणका क्रममा सोमबार नै प्रधानमन्त्री ओली र अब्बासीबीच विगत ४ वर्षदेखि हुन नसकेको दक्षिण एसियाली सहयोग संगठन (सार्क) शिखर सम्मेलनको सम्बन्धमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्