ओली र पोखरेलले एकै दिन विश्वासको मत लिने



काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन फागुन २७ गते नै प्रदेश नम्बर पाँचका मुख्य मन्त्री शंकर पोखरेलले पनि विश्वासको मत लिने भएका छन ।

सोमबार बसेको मन्त्री परिषदको तेश्रो बैठकले फागुन २७ गते मुख्यमन्त्री पोखरेलले प्रदेश संसदबाट विश्वासको मत लिने निर्णय गरेको हो । फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले २४ दिनपछि विश्वासको मत लिन लागेका हुन ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानीक प्रावधान छ । यस्तै फागुन २७ गते बस्ने बैठकमा प्रदेश आर्थिक कार्य्विधि, स्थानीय तहका पदाधिकारीको सेवासुविधा सम्बन्धी विधेयक पेश गर्ने तयारी रहेको भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

यता फागुन २७ गते आफूले विश्वासको मत लिने भनेर प्रधानमन्त्री ओलीले एमाले र माओवादी सांसदहरुको संयुक्त प्रशिक्षाण कार्यक्रममा घोषणा गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्