भिडियो सार्वजनिक



नियामी, (एजेन्सी)
इस्लामिक स्टेटले गत अक्टोबरमा नाइजरमा एम्बुस थापेर चार अमेरिकी सैनिकलाई मारिएको भिडियो सोमबार सार्वजनिक गरेको छ। आईएसको आउटलेटले मेसेजिङ एप टेलेग्राममा सो भिडियो पोस्ट गर्न अहिलेसम्म किन ढिलो गरिएको भन्ने स्पष्ट हुन सकेको छैन। भिडियोमा मुख्यतया कोरा फुटेज रहेका छन्। सेनामध्ये एकजनाको हेल्मेटमा जडित क्यामेराबाट भिडियो खिचिएको जस्तो देखिन्छ। सो भिडियोले आक्रमण भने आईएसले नै गरेको पुष्टि गर्दछ। मारिनेमध्ये एककी पत्नीले राष्ट्रपति ट्रम्पले आफ्नो पतिले केका लागि उनलाई भर्ती गरिएको थाहा भएको भनी फोन गरेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्