ग्रान्डी अस्पतालका विशेषज्ञ बंगलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित



ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. सन्देश पन्थी बंगलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित हुनुभएको छ।

जन गणतन्त्र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यालयमा आयोजित एक विशेष समारोहमा डा. पन्थीलाई गोल्ड मेडलबाट सुशोभित गर्नुभएको हो।

डा. पन्थीले बंगलादेशको एकमात्र सरकारी मेडिकल विश्वविद्यालय बंगबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालयबाट सन् २०१६ मा पाँचवर्षे एमडी एन्डोक्राइनोलोजी एन्ड मेटाबोलिज्म (डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ) विशेषज्ञता हासिल गर्नुभएको थियो।

उहाँले सो विश्वविद्यालयको एन्डोक्राइनोलोजी एन्ड मेटाबोलिज्म विभागमा मात्र नभएर समग्र मेडिसिन फ्याकल्टीमा नै सर्वाधिक अंकसहित सर्वोत्कृष्ट नतिजा हासिल गर्नुभएको थियो। डा. पन्थी हाल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्