गोल नम्बर ६००ः यस्ताे रह्याे मेस्सीको जादु



काठमाडाैं ।  बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले खेल जीवनको ६०० औँ गोल गरेका छन् । अर्जेन्टिनाका कप्तान मेस्सीले स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति एथ्लेटिको मड्रिडसँगको खेलमा विजयी गोल गर्दै खेल जीवनको ६०० औँ गोल गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा २६ औँ मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा निर्णायक मात्रै बनेन मेस्सीको खेल जीवनमा कोशेढुंगा पनि भयो ।

मेस्सीले क्लब प्रतिस्पर्धामा ५३९ र राष्ट्रिय टिमबाट ६१ गरी खेल जीवनको गोल नम्बर ६०० पूरा गरेका हुन् ।

बार्सिलोनाबाट ५ सय ३९ गोल गरेका मेस्सीले ८ पटक ला लिगाको उपाधि उचालेका छन् भने चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । पाँचपटक स्पेनिस कपको उपाधि उचालेका मेस्सीले पाँचैपटक बालोन डी’ओर जितेका छन् ।

यो सिजन ला लिगामा २४ गोल गरिसकेका मेस्सीले आफ्नै प्रयासमा राष्ट्रिय टिमलाई रुस विश्वकपमा छनौट गराएका थिए ।

मेस्सीले बार्सिलोनाबाट ७४७ खेलमा ५३९ गोल गरेका हुन् । यस्तै राष्ट्रिय टिमबाट १२३ खेलमा उनले ६१ गोल गरिसकेका छन् ।

सन् २००४–०५ को सिजनमा डेब्यु गरेका मेस्सीले सन् २००९–१० सिजनदेखि लगातार कम्तिमा ४० गोल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्