भारत विधानसभा चुनाव, अजानको सम्मानमा मोदीले भाषण रोके



नयाँदिल्ली, (एजेन्सी)
त्रिपुरा र नागाल्यान्डमा भाजपा गठबन्धनको जितमा प्रधानमन्त्रीले पार्टीको मुख्यालयमा कार्यकर्ताहरलाई सम्बोधन गरेका छन्। उनले उक्त जितको श्रेय जनता, पार्टी नेता र कार्यकर्ता भएको बताए।

प्रधानमन्त्री मोदीले भाषण शुरू गरेको केही समय नबित्दै अजान (मुस्लिम प्रार्थना) शुरू भएपछि उनले कार्यकर्तालाई निर्देशन दिँदै २ मिनेट मौन रहन भनेका थिए। यद्यपि केही अन्य मस्जिदहरूमा अजान भइरहेकाले उक्त विराम २ मिनेटभन्दा बढी समयसम्म जारी रह्यो।
त्यसपछि उनले भाषणको शुरूबाट ‘भारत मातॉको नारा लगाएर गरेका थिए। मोदीले त्रिपुरामा मारिएका ९ जना कार्यकर्तालाई श्रद्धाञ्जली दिए। उनले आफ्नो भाषणमा उनीहरूको स्मरण गर्दै श्रद्धाञ्जली दिएका थिए।
विगत २५ वर्षदेखि त्रिपुरा राज्यको सत्तामा रहेको वामपन्थी सरकारलाई पछार्दै भाजपाले विधानसभा चुनावमा बहुमतसहितको जित हासिल गरेको छ। त्यसै गरी नागाल्यान्ड पनि भाजपालाई सफलता प्राप्त भएको छ। नागाल्यान्डमा उसले ११ सिट जितेको छ।

मेघालयमा कांग्रेस सबैभन्दा ठुलो पार्टीका रुपमा देखिएपनि त्यहाँको नतिजा त्रिशंकु बनेको छ। मेघालयमा नेसनल पिपल पार्टी (एनपीपी)को नेतृत्वमा भाजपाले सरकार बनाउने भएको छ। कोनराड संगमा राज्यका नयाँ मुख्यमन्त्री बन्नेछन्। राज्यपालले बहुमतको दाबीपछि उनलाई सरकार बनाउन निमन्त्रणा गरेको हो।

त्रिपुराको ६० सदस्यीय विधानसभामा भाजपा गठबन्धनले ४३ सिट हासिल गरेको छ। भाजपाले मात्र यहाँ ३५ सिटमा जित हासिल गरेको छ। त्यसैगरी मेघालयमा सत्तारुढ कांग्रेसले सबैभन्दा धेरै २१ सिटमा जित हासिल गरेको छ। यसअघिको चुनावमा पाटीले ६० सिटमा २९ सिट हासिल गरेका थिए। भाजपाको सम्भावित गठबन्धन नेसनल पिपुल्स पार्टीले १९ सिटमा जितेको छ भने भाजपाले २ सिटमा जित हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्