अभिभावक कारबाहीमा



हैदराबाद, (एजेन्सी)
दक्षिणी भारतीय शहर हैदराबादमा आफ्ना सन्तानहरूलाई सवारी साधन चलाउन दिएको अभियोगमा १० जना किशोरका अभिभावकलाई जनही एक दिन लामो कारबास सजाय तोकेको प्रहरीले आइतबार जनाएको छ। यसै कारण गत महिना ३५ जना अभिभावकको पनि जनही एकदिन जेल सजाय तोकिएको थियो। ती कारबाहीमा परेका अभिभावकहरूले नाबालकलाई सवारी हाँक्न दिन नहुने नियम थाहा नभएको बीबीसीलाई जनाएका छन्। प्रहरीले यो कारबाही नाबालकहरूलाई सवारी चलाउन नदिन थालिएको अभियानको एक हिस्सा भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्