काठमाडौं र पोखरामा अस्ट्रेलियन एजुकेसन फेयर हुँदै



प्रोफेसनल एजुकेकेसन कन्सल्टेन्सीले तेस्रो प्रोफेसनल एजुकेसन अस्ट्रेलिया एडु फेयर आयोजना गर्ने भएको छ। सो कन्सल्टेन्सीले यही फागुन २७ गते काठमाडौं र २८ गते पोखरामा फेयरको आयोजना गर्न लागेको हो। २४ वर्षअघि स्थापना भएको सो कन्सल्टेन्सीले अस्ट्रेलियाको ख्यातिप्राप्त विश्वविद्यालय र निजी कलेजको सहभागितामा सो फेयर आयोजना गर्न लागेको हो।

काठमाडौंमा करिब २० वटा विश्वविद्यालय र ५ वटा कलेजको सहभागिता रहने कन्सल्टेन्सीका अध्यक्ष एसके श्रेष्ठले जानकारी दिनुभयो। कुन विश्वविद्यालयमा कस्तो पढाइ हुन्छ र ती विश्वविद्यालयको अवस्था कस्तो रहेको छलगायतका विषयलाई समेटेर फेयरको आयोजना गर्न लागेको जानकारी दिनुभयो। कतिपय विद्यार्थीले कलेको विषयमा अध्ययन नै नगरी अस्ट्रलिया अध्ययन गर्न जाँदा समस्या पर्न गएको तीतो यथार्थलाई मध्यनजर गर्दै फेयरको आयोजना गरिएको श्रेष्ठको भनाइ थियो। काठमाडौं र पोखरा दुवै शहरमा हुने मेलामा विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन्।

फेयरका विभिन्न विषयमा तालिम दिने, बैंकिङ प्रोसेस र एजुकेसन लोन उपलब्ध गराउने प्रक्रियाबारे जानकारी गराइने कन्सल्टेन्सीले जनाएको छ। फेयरमा विद्यार्थीसँगै अभिभावकलाई समेत उपस्थित गराइनेछ। फेयरका भिजिट गर्न आएका विद्यार्थीलाई रजिस्ट्रेसनमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ। फेयरको बारेमा जानकारी दिँदै कन्सल्टेन्सीका कार्यक्रम निर्देशक राजु सिंहले करिब ४० हजार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न पठाउने क्रममा कुनै समस्या नभएको र हालसम्म अस्ट्रलियामा पठाएको कलेज बन्द नभएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘हामी जुन कलेज वा विश्वविद्यालयमा अध्ययन गर्न पठाउँछौं, ती सबै कलेज अस्ट्रेलियन सरकारले उच्च कोटीमा राखेको छ। उहाँका अनुसार अस्ट्रेलियाको क्याथोलिक युनिभर्सिटी, अस्ट्रेलियन टेक्निकल एन्ड म्यानेजमेन्ट कलेज, चिसहोल्म इन्स्टिच्युट, कर्टिन युनिभर्सिटी, डिकिन युनिभर्सिटी, एजुकेसन सेन्टर, एडिथ कोवान युनिभर्सिटी, एडुको, ग्रिफफिट युनिभर्सिटी, इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट सिड्नी, ला ट्रोव युनिभर्सिटी, म्याक्वेर युनिभर्सिटी, नभिटास, आर एमआईटी युनिभर्सिटी, सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, युनिभर्सिटी अफ न्यु इंग्ल्यान्ड, युनिभर्सिटी अफ साउथ अस्ट्रेलिया, युनिभर्सिटी अफ साउथर्न क्विन्सलयान्ड, वेस्टर्नसिड्नी युनिभर्सिटीलगायत सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्