मनोनितविरुद्वको सुनुवाइ स्थगित



काठमाडौं, (नेस)
राष्ट्रियसभा सदस्य मनोनित तीन जनाविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ। न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा बहस शुरू भएको थियो। तर, निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता बाबुराम जोशीले दुवै न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने बताउनुभएको थियो।

न्यायाधीश राउतले अन्तरिम आदेश दिएको तथा कार्की केपी ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता भएकाले ओली सरकारले गरेको सिफारिसबारे मुद्दा हेर्न नमिल्ने उहाँले बताउनुभयो।

अधिवक्ता जोशीको भनाइलगत्तै दुवै न्यायाधीशले बहस रोकेका थिए। आपसी छलफलपछि दुवै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने जानकारी इजलाससमक्ष गराएपछि सुनुवाइ स्थगित भएको थियो। अघिल्लो सरकारले गरेको सिफारिस रद्द गर्दै ओली सरकारले डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलको नाम सिफारिस गरेको थियो।

राष्ट्रपतिले ओली सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रियसभा सदस्य मनोनित गरेपछि अघिल्लो सरकारले सिफारिस गरेका तीन जना सर्वोच्च गएका थिए। सर्वोच्चले तीन जनाको शपथ रोक्न अन्तरिम आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्