मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा शनिबार राति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा.९२प. ४६४ नंको मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठको रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

काठमाडौंबाट जगातीतर्फ जाँदै गरेको बा.९२प. ४६४ नंको मोटरसाइकल र बा.६१प. ४१५ नंको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा श्रेष्ठको मृत्यु भएको र अर्को र बा.६१प. ४१५ नंको मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्