उनी न परे



प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल झल्याकझुलुक शक्ति केन्द्रहरुमा देखिने गरेका छन्। हिजो फेरि उनी संसद् भवन नयाँ बानेश्वरमा देखिए। एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयले आफ्ना नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने भएपछि सिलवाल त्यहाँ पुगेका रे।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षकसमेत रहेका ललितपुर– १ का सांसद सिलवालविरुद्ध प्रहरीले किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ। उनले सर्वोच्च अदालतमा बुझाएको कार्यसम्पादन मूल्यांकन किर्ते भएको ठहरभएपछि त्यसबारेमा प्रहरीले अनुसन्धान अघि बढाएको हो। तर प्रहरी भने उनलाई भेटाउँदैन। आफ्नो खोजीमा निस्किनेहरु आफ्नै जुनियरहरु भएपछि भेटाउने कुरो पनि त भएन नि।

अनि पक्रन आदेश नदिनेहरु आफूभन्दा सिनियर भएपछि केको टेन्सन। त्यही भएर त उनी कहिलेकाहीँ बालुवाटारमा समेत झुल्किन्छन्। अस्ति खै कहिले बालुवाटार झुल्किएका थिए। सामान्य हैसियतमा रहेका जो कोही भए अस्ति नै पुलिसले घोक्रेठ्याक लाइसक्थ्यो, तर सिलवाल न परे..। त्यसैले धरहरा भन्छ,– ‘यो देशको कानुन उही दैव जानून्।’

मन्त्रीहरु सपथ लिएलगत्तै आफू मातहतका निकायका कर्मचारीलाई निर्देशन दिन थाल्या छन्– ‘चुस्तदुरुस्त सेवा प्रदान गर्नुहोस्, कानुनी दायराभन्दा बाहिर कोही पनि रहन सक्दैन।’ सिलवाल र सिलवालजस्ता पात्रहरु कानुनभन्दा माथि पुगिसके भन्ने उनीहरुलाई ख्याल हुन्न कि क्या होπ

प्रतिक्रिया दिनुहोस्