शौचालययुक्त स्पेस सुट बनाउँदै नासा



नासा, (एजेन्सी)
अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरूले शौचालयसहितको अन्तरीक्ष पोसाक ‘स्पेससुट’ तयार गरिरहेका छन्। अन्तरीक्ष यात्रीले आपत्कालीन स्थितिमा ६ दिनसम्म यस प्रकारको स्पेससुट लगाउन सक्नेछ। नासाका ओरियन अन्तरीक्षयानमा यात्रा गर्ने अन्तरीक्षयात्रीले ‘ओरियन क्रु सभाइवल सिस्टम्स सुटस’ लगाउनेछ।

उक्त यानले मानवलाई पृथ्वीको तल्लो कक्षभन्दा माथि पुर्याउने छ। त्यहाँ ओरियन यानमा शौचालय हुनेछ। नासाले आपत्कालीन स्थितिलाई ध्यानमा राखी यस प्रकारको सुट विकसित गर्ने काम गरिरहेको छ। यो आपत्को स्थितिमा ओरियन यानमा दबाब कम गर्ने योजनाअन्तर्गत पर्छ।

नासाले अन्तरीक्ष यात्रीले ६ दिनसम्म उक्त सुटको मद्दतले आपत्कालीन स्थितिमा काम गर्न सकून् भन्ने चाहेको छ। हाल प्रयोगमा रहेको स्पेससुटमा डायपर लगाइएको हुन्छ र एक पटकमा अन्तरीक्ष यात्रीले त्यसलाई १० घण्टाभन्दा धेरै समय लगाउन सक्दैन। स्पेस सुट फुकालेपछि मात्र अन्तरीक्ष यात्रीले यानमा रहेको शौचालयको प्रयोग गर्छ।

प्रतिक्रिया दिनुहोस्