सिपेकमा कैदीको प्रयोग गरेको आरोप



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको एक सांसदले चीनको महत्त्वाकांक्षी योजना चीन पाकिस्तान इकोनोमिक कोरिडोर परियोजनामा कैदीहरूको प्रयोग गरिरहेको दाबी गरेका छन्। ती सांसदले ५० अर्ब डलरको उक्त परियोजना पूरा गर्न चीनले आफ्ना कैदीहरूलाई कामदारका रूपमा पाकिस्तान पठाइरहेको र त्यसले नागरिकको सुरक्षालाई खतरा बढेको बताएका छन्।

विपक्षी पार्टी पाकिस्तान पिपल्स पार्टीका सांसद मोहम्मद युसुफ तलपुरले उक्त आरोप लगाएका हुन्। संसदीय कमिटी समक्ष युसुफले भन– ‘मलाई थाहा छ, चीनको चेलबाट कैदीहरूलाई यहाँ ल्याएर सडक निर्माण गर्न लगाइएका छन्। उनीहरू अपराधिक मामिलामा संलग्न रहेका हुन्, यसले देशको सुरक्षामा खतरा बढेको छ। यसका लागि उचित सुरक्षा प्रबन्ध गर्नुपर्छ भन्ने मलाई लागेको छ।’आफूले एक अधिकारीमार्फत् उक्त जानकारी पाएको बताए। युसुफले संसदीय कमिटीसमक्ष पाकिस्तान सरकारले चीनसँग गोप्य सम्झौता गरेको हुन सक्ने आशंका व्यक्त गर्दै अन्यथा कुनै देशले अर्को देशमा आफ्ना कैदी पठाएर काम नगराउने दाबी गरे।

उक्त दाबीलाई लिएर पाकिस्तानको विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन। तर उसले चीनबाट आएका कर्मचारीलाई सुरक्षाको घेरामै राखिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्