छोरी इवान्का र ज्वाइँ कुस्नरलाई हटाउनमा ट्रम्पले सहयोग मागे



न्युयोर्क, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना निजी सचिव सरहका चिफ अफ स्टाफ जोन केलीसँग आफ्नी छोरी इवान्का ट्रम्प र ज्वाइँ जेरेड कुस्नरलाई ह्वाइट हाउसमा सल्लाहकार भूमिकाबाट हटाउन सहयोगका लागि आग्रह गरेको दाबी गरिएको छ। उक्त दाबी न्युयोर्क टाइम्सका पंक्तिकारद्वय म्यागी हेबरम्यान र मार्क ल्यान्डलरले एक लेखमा गरेका हुन्।

लेखमा ट्रम्पको व्यवस्थापकीय शैलीलाई ‘अस्थिर सिद्धान्त‘ भनी आरोप लगाएका लेखकद्वयले उक्त आग्रह ह्वाइट हाउसका कर्मचारीमा भावनात्मक दुःखको कारण बनेको उल्लेख गरेका छन्। उक्त लेखमा पछाडि सहायकहरूले कुस्नर र इवान्का सल्लाहकारकै रूपमा रहेकोमा दुःख व्यक्त गरिरहेको दाबी पनि गरेका छन्। राष्ट्रपति ट्रम्पले केलीसँग निजी तवरमा तिनीहरूलाई हटाउन सहयोगका लागि आग्रह गरेको लेखमा उल्लेख छ।

टाइम्सले दिएको संकेतअनुसार कुस्नरको विविध गतिविधिको वैधानिकताका विषयलाई लिएर राष्ट्रपति ट्रम्पले उक्त आग्रह गरेको हो वा उनीहरूप्रति सहानुभूति देखाएको हो भन्ने कुरा स्पष्ट हुन सकेको छैन। राष्ट्रपति ट्रम्पले कुस्नर र इवान्कालाई बोलाएर ह्वाइट हाउसमै बस्न आग्रह गरेको पनि टाइम्सको उक्त लेखमा उल्लेख गरिएको छ। तर उनीहरूले कामका लागि ‘उनीहरू त्यसरी नआउने‘ बताएको दाबी गरिएको छ। त्यसैले ट्रम्पले तिनीहरूलाई बिदा गर्नका लागि केलीसँग आग्रह गरेको बताइएको छ।

यसै हप्ता वरिष्ठ सल्लाकारको भूमिकालाई ठेस पुर्याउँदै कुस्नरको सुरक्षास्तरलाई पनि कम पारिएको छ। जुन बेला इवान्का ट्रम्प शीतकालीन ओलम्पिकको समापन समारोहमा अमेरिकाको प्रतिनिधित्व गरी फर्केकी मात्र थिइन्।

ह्वाइट हाउसमा हप्ताभरि भाँडभैलो जारी रहेको आरोप लगाउँदै सञ्चार निर्देशक होप हिक्स, राष्ट्रपतिका अर्को नजिकका सल्लाहकारले राजीनामा दिएको लेखमा दाबी गरिएको छ।

ट्रम्प ज्वाइँमाथि गोप्य स्थानमा जान रोक
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कस्नरलाई अति गोप्य स्थानमा जान रोक लगाएको छ। केही गोप्य सूचना चुहावट भएपछि उक्त प्रतिबन्ध लगाइएको हो।

उक्त फैसला ह्वाइट हाउसका मुख्य कार्यकारी जोन केलीले लिएको हो। ३७ वर्षीय कुस्नर राष्ट्रपति ट्रम्पकी छोरी इवान्काका पति हुन र उनी राष्ट्रपतिका वरिष्ठ सल्लाहकार पनि हुन्।

ह्वाइट हाउस प्रशासनको ताजा फैसला पूर्व कस्नरको पृष्ठभूमिको पनि जाँच गरिएको थियो। त्यसपछि गोप्य स्थानमा जाने तथा गोप्य सूचनाहरू उपलब्ध गराएको आशंकामा उनको स्तरलाई कम गरिएको छ। उक्त आदेश गत शुक्रबार नै जारी गरिएको थियो। यसअघि कस्नरलाई सबै स्तरका गोप्य जानकारी उपलब्ध गराइँदै आएको थियो। उनको अमेरिकाका सबैभन्दा गोप्य दस्तावेज तथा क्रियाकलापसम्म पहुँच रहेको थियो। नयाँ व्यवस्थामा राष्ट्रपति ट्रम्पले यदि उचित लागेमा मात्र अति गोप्य सूचना आफ्ना ज्वाइँ तथा वरिष्ठ सल्लाहकार कुस्नरसँग सार्वजनिक गर्न सक्छ।

कस्नर र उनकी पत्नी इवान्का राष्ट्रपति आवास तथा कार्यालय ह्वाइट हाउसमा विशेष पदसहित बस्दै आइरहेका छन्। दुवै परिवारका सदस्यसँगै राष्ट्रपतिका सहायकको सरकारी पद पनि सम्हालिरहेका छन्। हालै मात्र कस्नरका विदेशी अधिकारी तथा व्यवसायीक सम्बन्धलाई लिएर पनि प्रश्न उठेको थियो।

ह्वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सले प्रशासनिक फैसलामा कुनै टिप्पणी गर्न नसकिने बताए। तर उनले कस्नर विशेष हैसियतमा ह्वाइट हाउसमा काम गरिरहेको बताए। उनी प्रशासनको महत्त्वपूर्ण व्यक्ति भएको उनले बताए। कस्नरका अधिवक्ता एबी लवेलले उनले फैसलालाई पढेर काम गरिरहेको जानकारी दिए। यहुदी मुलका कस्नर अहिले मध्यपूर्व शान्ति वार्तामा अमेरिकी भूमिकामा काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्