मर्केल ट्रम्प वार्ता



बर्लिन , (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर एन्जिला मर्केलबीच सिरियाको पछिल्लो स्थितिका विषयमा वार्ता भएको जनाइएको छ। एक स्वयंसेवक समूह ह्वाइट हेल्मेटका अनुसार विगत १२ दिनमा भएको हिंसामा ६ सय ७४ नागरिकको मृत्यु भएको छ। मर्केलको कार्यालयले दुई नेताबीचको वार्तामा राष्ट्र संघबाट पारित सिरियाको संघर्षविराम प्रस्तावमा सिरियाली सरकार, उसका सहयोगी रुस र इरान प्रतिबद्ध हुनुपर्नेमा सहमत भएको जनाएको छ। ट्रम्प र मर्केल रासायनिक हतियारको प्रयोग, नागरिकमाथि हमला र मानवीय अवरोधका लागि राष्ट्रपति बसर अल असदलाई जिम्मेवार ठहर्याउनुपर्नेमा पनि सहमत रहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्