जातीय भिडन्तमा ४० को मृत्यु



कंगो । माजेमा बिहीबार र शुक्रबार भएको जातीय भिडन्तमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । हेमा र लेन्डु जातिबीच इतुरी प्रान्तमा भिडन्त भएको सुरक्षाकर्मीले जनाएका छन् ।

मारिएका मध्ये अधिकांश हेमा समुदायका छन् । उनीहरूलाई लेन्डु समुदायले रातको समयमा गाउँमै गएर आक्रमण गरेका थिए ।आक्रमणमा परी मारिएकाहरूको शव अहिलेसम्म पनि माजेको घटनास्थलमै छ ।

माजेमा हेमा र लेन्ड समुदायबीच पटक पटक भिडन्त हुँदै आएको छ । यसअघिको भिडन्तमा एक सय भन्दा बढीको मृत्यु भएको थियो । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्