निमार्ण कार्य सम्पन्न नहुँदै रंगशाला अलपत्र



धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको पानेढुंगामा निर्माणाधिन रंगशाला अलपत्र अवस्थामा पुगेको छ ।

निर्माणाधिन रंगशालाको काम रोकिएको एकवर्ष बितिसक्दा समेत निर्माण कार्यले निरन्तरता नपाउँदा रंगशाला अलपत्र अवस्थामा पुगेको हो । पुर्व खेलकुद मन्त्री दलजित श्रीपाईली खेलकुद मन्त्री हुँदा रंगशालाको शिलान्यास गरी मुसिकोट नगरपालिका वडा नम्बर दुईमा रंगशालाको काम अघि बढाईएको थियो । रंगशाला निर्माण कार्यले सुरुवाती चरणमा तिब्रता पाएपनि हाल रंगशाला जिर्ण अवस्थामा पुगेको छ । अलपत्रमा अवस्थामा रहेको पानेढुंगा रंगशाला निर्माणका लागि सम्बन्धित सरोकारावाला निकाय भने बेखबर बनेका छन् ।

जिल्लाको खेलकुद क्षेत्र विकासको लागि भन्दै पहिलोपटक रुकुम पश्चिममा पानेढुंगा रंगशाला निर्माणको कामलाई अघि बढाईएको थियो । रंगशाला निर्माणका लागि तत्कालिन स्थानीय विकास अधिकारी भरतकुमार शर्माको पहलमा जिल्ला विकास समितिले १ लाख, पुर्वमन्त्री गणेशमान पुनको पहलमा १५ लाख र पुर्व मन्त्री श्रीर्पालीको पहलमा जिल्ला खेलकुद विकास समितिले ३० लाख बजेटको व्यवस्था गरेको थियो । तर ४६ हजार बजेटले थोरै काम गरिएको र त्यसलगत्तै निर्मानाधिन रंगशालाको काम अलपत्र अवस्थामा छाडिएको छ ।

रंगशाला निर्माणका लागि स्थानीय बासिन्दाले खुशीसाथ ३२ रोपनी जग्गा सहयोग गरेका थिए । समयमै रंगशाला निर्माण नहुँदा हाल स्थानीयवासी, जिल्लाका खेलाडी लगायत सबै चिन्तित् बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्