सलमानको कार्यक्रम रद्ध



आगामी फागुन २६ गते राजधानीमा हुने भनिएको बलिउड स्टार सलमान खानको शो अन्तिम समयमा आएर रद्ध भएको छ। विप्लव माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले सलमानको शो खारेज गर्न चेतावनी दिएको केही दिनमै उनको काठमाडौंको कार्यक्रम रद्द भएको हो।

सलमान खान ः दबंग द टुर नाम दिइएको उक्त कार्यक्रम रोक्ने चेतावनी विज्ञप्तिमार्पmत् आएपछि सलमानलाई नेपाल नजान भारतीय सञ्चार माध्यमले सल्लाह दिएका थिए। सो कार्यक्रमका लागि नेपाल नआउन भारतका चर्चित पत्रिकाहरू हिन्दुस्तान टाइम्स, बम्बे टाइम्स, स्टार अफ बलिउड र न्युज वल्र्ड इन्डियाले विप्लव नेतृत्वको पार्टीले दबाब दिएको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गर्दै सो सुझाव दिएका थिए। हिन्दुस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा सलमान खानको नेपाल कार्यक्रमले मदिराको प्रबद्र्धन गर्ने र नेपाली संस्कृतिमाथि हस्तक्षेप हुने भन्दै विज्ञप्तिलाई आधार बनाएर समाचार प्रकाशन गरेको थियो।

भारतीय सञ्चार माध्यमले सुरक्षाको कारण देखाउँदै सलमानलाई नेपाल नजान सल्लाह दिएका थिए। सलमानले यसबारे सार्वजनिकरूपमा प्रतिक्रिया दिई नसके पनि कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टले भने निर्धारित कार्यक्रम रद्ध भएको पुष्टि गरेको छ। स्रोतका अनुसार यसबारे सलमान र ओडीसीबीच कुरा भइसकेको छ भने सलमानको सो कार्यक्रमका लागि अर्को मिति तय गर्नेबारे सल्लाह भइरहेको छ। सलमानले यसबारे चाँडै नै प्रेस विज्ञप्ति जारी गर्न सक्नेछन्।

महासंघले सैनिक मञ्चलाई प्रयोग गरेर नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन् भनेर जाँच्ने भित्री उद्देश्यअन्तर्गत हुन लागेको कार्यक्रम तत्काल खारेज गर्न माग गर्दै राष्ट्रियताको रक्षा र संवद्र्धनका लागि उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य नहुने जनाएको थियो। ‘विनाशकारी भूकम्पले सिंगो राष्ट्र पीडा र शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त नगर्ने कलाकार खानका लागि हामी नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात त हुँदै हो, नेपाली कला र कलाकारमाथिको ठूलो अपमान पनि हो। रक्सीको प्रमोसनका लागि दसौं हजारको टिकट बेचेर कार्यक्रम गर्ने कुरा हामीलाई सर्वथा अमान्य छ। नेपाली कलाकारहरूलाई उपेक्षा गरेर विदेशीलाई करोडौं तिरेर राजधानीको मुटुमा नचाउने कुरा झन् अमान्य छ।

कार्यक्रममा रक्सीको टी–सर्ट लगाएर टुँडीखेलमा नेपाली जनतालाई उफार्ने दुष्प्रयास भइरहेकोप्रति हाम्रो गम्भीर आपत्तिसमेत रहेको छ। सलमान खानलाई यस्तो गलत कार्यक्रमको बाहना बनाएर नेपाल नआउन, उनको कार्यक्रमका आयोजक ओडीसी इन्टरटेनमेन्टलाई कार्यक्रम नगर्न तथा आम नेपाली जनतालाई महंगो मूल्य तिरेर कार्यक्रमको टिकट नकिन्न महासङ्घ आग्रह गर्दछ।

साथै, नेपाली राजनीतिक दलहरूलाई सार्वजनिक आमसभा गर्न नदिने तर भारतीय कलाकारलाई सधैं मञ्च खुल्ला गर्ने नेपाली सेनालाई सैनिक मञ्चमा विदेशी नृत्य नचाउने औचित्य पुष्टि गर्न आग्रह गर्दछौं’ –विज्ञप्तिमा भनिएको थियो। महासंघले जवरजस्ती गर्न खोजे, अन्यथारूपमा लिइए, त्यसबाट उत्पन्न हुने आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनीसमेत दिएको थियो।

फागुन २६ गतेका लागि तोकिएको कार्यक्रमको टिकट बिक्री कार्य भने अभैm चलिरहेको छ। टिकटको मूल्य न्यूनतम ३ हजार राखिएको छ भने २० हजार रुपियाँको टिकटसमेत बिक्री गरिएको छ।

‘२ हजार पर्ने जुत्तालाई दरवारमार्गका पसलहरूले २० हजार मूल्य राखेर बेचे भनेर कारवाही गर्ने प्रशासन र सरकार एउटै कार्यक्रमको मूल्य के आधारमा २० हजार रुपियाँसम्म राखियो भनेर किन खोजिरहेको छैन, उक्त कार्यक्रमका लागि निर्धारित टिकट मूल्यबारे बजारमा प्रश्न उठिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्