स्याउ खेती गर्दै स्थानीय सरकार



कालीवहादुर मल्ल, कालिकोट
जिल्लाको खाँडाचक्र नगरपालिका–६ स्थित दाहामा ३ लाख ६० हजार वर्गमिटर सार्वजनिक जग्गामा स्याउ खेतीका शुरू गरिएको छ। वडा कार्यालयको पहलमा खापरमस्टो देवताको मन्दिर परिसरमा बाँझो रहेको सार्वजनिक जग्गामा स्याउ खेती शुरू गरिएको हो।

स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको खाँडाचक्रमा व्यावसायिक स्याउ खेतीको थालनी गरिएको हो। स्याउ खेतीबाट वडाका सबै घरधुरीलाई रोजगारी दिने उद्देश्यले व्यावसायिक स्याउ खेतीको शुरू गरिएको वडा अध्यक्ष जगदीश शाहीले बताउनुभयो।

‘केही समय अगाडिसम्म निश्चित घरधुरीले आफ्नै लागि दुईदेखि तीन बोट स्याउ लगाएर स्याउ खेती शुुरुवात भएको थियो।’ उहाँले भन्नुभयो–‘अब वडाको पहलमा नै सामूहिक स्याउ खेतीको शुरूवात गरिएको छ।’

व्यावसयिक स्याउ खेतीका लागि नगरपालिकाले ५० हजार बोट स्याउ, ओखर प्रदान गरेको स्याउको बगैंचा नै बनाएर अब वडालाई रोजगारी दिइने खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो। ‘उत्तर र दक्षिण दुवैतिर मोटर बाटो निर्माण कार्य धमाधम भइरहेकाले स्याउ खेतीमा किसानहरू आकर्षित हुन थालेको छन्।’ उनले भने–‘स्याउ लगाएर यसकोे व्यावसायिक खेती शुुरु गरेको यसबाट नै वडालाई समृद्ध बनाउने लक्ष्य लिएका छौं।’

व्यावसायिक स्याउ खेतीमा लगाएर स्थानीयलाई रोजगारी र आम्दानी वृद्धि हुने नगरपालिकाको लक्ष्य रहेको त्यसै अनुसार े

व्यावसायिक स्याउ खेतीमा स्थानीयलाई प्रोहोत्सान गरिएकाले एसको जोगेर्ना गर्नु आवश्यक रहेको खाँडाचक्र नगरपालिका कृषि बागवानी विकास अधिकृत भक्तिराम शर्माले बताए। ‘खाद्यमा आत्मनिर्भर बनाउने अरू कुनै उपाय नै छैन।’ उहाँले भन्नुभयो–‘स्याउ खेती लगाएरमा नै यहाँका स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्