वृद्धिदर ७ नाघ्यो



इस्लामावाद, (एजेन्सी)

भारत सरकारले सन् २०१७÷१८ को तीन महिनामा भारतीय अर्थव्यवस्था ७ दशमलव २ प्रतिशत दरले वृद्धि भएको जनाएको छ। यो आँकडा भारतीय अर्थव्यवस्थाका लागि सकारात्मक संकेत हो। नोटबन्दी, जीएसटीजस्ता कदमका कारण भारतको अर्थव्यवस्थालाई लिएर धेरै आशंका उब्जेको थियो।

अर्थव्यवस्थालाई लिएर आर्थिक मन्दी वा नकारात्मक वातावरण हुने आशंका रहेको तर त्यो सत्य सावित नभएको अर्थविद्हरूले बताए। तर पहिलो तीन महिनालाई नै पूरै वर्षको आँकडा मान्न नसकिने पनि उनीहरूले बताए। यद्यपि अहिलेका स्थितिमा भारतीय अर्थव्यवस्था मन्दीमा नभएको उनीहरूले बताए।

प्रतिक्रिया दिनुहोस्