सर्वाधिक राशीको भलिबलको तयारी



नेपाल समाचारपत्र
दोलखा
दोलखाको बिगु गाउँपालिकामा पर्ने उत्तरी दुर्गम सिंगटी बजारमा ३ नम्बर प्रदेशस्तरको सर्वाधिक राशीको भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

पूर्वप्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाको स्मृतिमा स्थानीय सयपत्री युवा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो। गिरिजाप्रसाद कोइराला स्मृति कप पुरुष भलिबल प्रतियोगिताका विजेतालाई २ लाख १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष वीरेन्द्र कटुवालले जानकारी दिए।

प्रतियोगितामा उपविजेता हुनेलाई १ लाख नगद र शिल्ड, मेडल तथा प्रमाणपत्र र तेस्रो हुनेलाई ५० हजार नगद र शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने कटुवालले बताए। आगामी फागुन २४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहआयोजकका रूपमा बिगु गाउँपालिकाले सहयोग गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्