भारत असहिष्णु



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानले इन्डियन मोसन पिक्चर्स प्रोस्युडर्स एसोसिएसनद्वारा पाकिस्तानका कलाकारमाथि लगाएको प्रतिबन्ध जारी राख्नु निन्दनीय भएको जनाएको छ। भारतको उक्त कदम पाकिस्तानविरुद्ध पूर्वाग्रह भएको जनाएको छ। दुई देशका जनतालाई एक गर्ने कला र सिनेमालाई पनि बन्धक बनाएर घृणा फैलाउने काम गरिरहनु दुर्भाग्यपूर्ण भएको पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मुहम्मद फैसलले बताए।

पाकिस्तानी तीर्थयात्रीलाई भिसा जारी नगर्नु, तीर्थयात्रीलाई पाकिस्तान जान रोक्नु र खेलका म्याचहरू रद्द गरेपछिको यस फैसलाले भारतको बढ्दो असहिष्णुता र पूर्वाग्रहलाई दर्शाएको उनले बताए

प्रतिक्रिया दिनुहोस्