घर अगाडी गाडी आउँदा सबै दंङ्ग



धनवीर दाहाल, रुकुम ।

आफ्नै घर अगाडी गाडी आउला भन्ने सोच्दै नसोचेका सानीभेरी गाँउपालिका ८ का बासिन्दाको घर अगाडी गाडी गुड्न थालेपछि हर्षित भएका छन् ।

सानीभेरी गाउँपालिका वडा नं ८ तल्लो आम्डाँडा र फुक्रु कालिका आधारभूत विद्यालय सम्मको सिम्ली जोगिनेटा कृषि सडकमा गाडी गुड्न थालेका छन् । सानीभेरी गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को २६ लाख ५० हजार बजेट बाट वडा नं ८ को तल्लो आम्डाँडामा १५ सय मिटर र फुक्रु कालिका आधारभूत विद्यालय सम्म ३ किलोमिटर गरी जम्मा ५ किलोमिटर बाटो निर्माण सम्पन्न भएपछी सडक उद्घाटन गरिएको हो । आफ्नो घर आगनमा गाडि आउने भएपछी ८ नं वडा बासीले गाउँपालिकाबाट गएको टोलिलाई गाजाबाजा फूलमालाले स्वागत गरेका छन् ।
वषौं देखिको सपना पुरा भएको भन्दै स्थानिय बासीले गाउँपालिका टोलिलाई धन्यबाद समेत दिएका छन । उद्घाटन कार्यक्रममा बोल्दै सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले वडा नं ८ को सडक उत्कृष्ठ भएको बताउनुभयो ।

सडक निर्माणमा सहयोग पुर्याउने स्थानिय बासी, सडक उपभोक्ता समिति लाई धन्यबाद पनि दिनुभयो ।

स्थानिय स्तरमा सडक पुगेपछी सडकबाट स्थानिय बासीलाई फाइदा हुने किसिमको कृषि व्यवसाय गरी आयआर्जन बढाउन सुझाब समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्