टाउकोमै आगो लगाएर कपाल काट्ने अचम्मकाे तरिका



भारत । भारतमा एकजना नाईले अचम्म लाग्दो तथा असामान्य तरिकाले कपाल काट्ने गरेका छन् । ती नाईले आफ्नो सैलुनमा कपाल काट्न आउने ग्राहकहरुलाई कैंची विना नै कपाल काटिदिन्छन् । उनले आफ्नो ग्राहकको कपाल आगोको लप्काले काट्छन् ।

टाउकोमै आगो लगाएर कपाल काट्ने असामान्य तरिकाको प्रयोग गर्ने पहिलो व्यक्ति आफु भएको उनको दाबी छ । ती व्यक्तिका अनुसार कपाल काट्नुपूर्व ग्राहकको टाउकोमा एक प्रकारको प्रज्वलनशिल पाउडर लगाउनुपर्छ । त्यसपछि हातमा लाइटर राखेर विस्तारै आगो लगाएर काइँयोले आगो निभाउदै कपाल मिलाउनुपर्छ ।

डेली मेलका अनुसार हिजोआज ती नाईको सैलुनमा असामान्य तरिकाले कपाल काट्न आउनेको भन्दा हेर्नेको भिड बढी लाग्ने गरेको छ । ती व्यक्तिले एकपटक आगोले कपाल पोलेर काइँयोले मिलाएपछि पुनः पाउडर लगाएर आगो लगाउँछन् र काइँयोले कपाल मिलाउँछन् । ग्राहकको सन्तुष्टि अनुसार ती नाईले प्रयोगात्मक तरिकाबाट कपाल काटेका हुन् ।

उनले ग्राहकले जबसम्म सन्तुष्टि प्राप्त गर्दैनन्, तबसम्म कपालमा आगो लागाउने र काइँयो मिलाउने काम जारी राख्ने गरेको बताउछन् । भारतमा आगोको सहायताले विना कैँची कपाल काट्ने गरीएको अहिलेसम्मकै यो यो पहिलो घटना मानिए पनि यसअघि मैनबत्तीको सहायताले कपाल काट्ने प्रचलन भने शुरु भैसकेको छ ।

गुलवारग्स शहबाद गाँउमा रहेको दर्शाथ अफ राज मेन्स पार्लरले मैनबत्तीको सहायताले कपाल काट्न शुरु गरेको हो । यस पार्लरले विगत ६ वर्षदेखि लामो कपालहरु टुक्राउन मैनबत्तीको सहायता लिइएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्