एकपक्षीय कारबाही



टेगुसिगाल्पा, (एजेन्सी)
यमनका हुथी समूहलाई हतियार उपलब्ध गराउनबाट रोक्न असफल भएकामा तेहरानलाई राष्ट्र संघ सुरक्षा परिषद्बाट निन्दा प्रस्ताव पारित गर्ने प्रयासमा रुसले भिटो प्रयोग गरेपछि अमरिकाले इरानविरुद्ध एक पक्षीय कारबाही गर्ने चेतावनी दिएको छ। यदि रुसले इरानलाई जोगाउने कार्य जारी राखेमा अमेरिका र उसको सहयोगीले आफ्नै तरिकाले कारबाही बढाउन आवश्यक हुने अमेरिकी दूत निकी हेलीले बताए। यदि परिषद्को माध्यमबाट कारबाही अगाडि नबढेमा अमेरिकाले आफ्नै कारबाही थाल्ने उनले चेतावनी दिए। होन्डुरसको भ्रमणमा रहेकी हेलीले पत्रकारहरूलाई उक्त कुरा बताएकी हुन्।

प्रतिक्रिया दिनुहोस्