संसदीय दलको नेतामा देउवाकै पल्लाभारी



रामकृष्ण चापागाईं, काठमाडौं ।

नेपाली काग्रेसले २१ गते संसदीय दलको नेता चयन गर्दैछ । संसदको पहिलो बैठक पनि २१ गते नै बस्दैछ । प्रमुख प्रतिपक्ष दलको भुमिकामा रहेको काग्रेस भित्र संसदीय दलको नेतामा सभापति देउवाले दाबी छोड्नु पर्ने आवाज उठेपनि उहाले सके सर्वसम्मत नभए चुनावबाटै भएपनि दलको नेता बन्ने तयारी थाल्नु भएको छ ।

प्रतिनिधिसभामा रहेका काग्रेसका ६३ जना सदस्यमध्य ४० जना सदस्य सभापति देउवाको पक्षमा रहेको बताइदै आएको छ । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुट सक्रिय रहेको काग्रेसभित्र सिटौला प्यानलले देउवालाई नै संसदीय दलको नेतामा सहयोग गर्ने बताइएको छ । संसदीय दलको नेता बन्न सभापति स्वयंले इच्छा देखाएपछि अरुको दाबी फिक्का हुने संसदीय दलका सदस्य भीमसेनदास प्रधान बताउनुहुन्छ । सिटौला प्यानलका प्रधानको भनाई अनुसार निर्वाचन भए पनि संसदीय दलको नेतामा सभापति देउवाले जित्ने निश्चित छ ।
काग्रेस संसदीय दलको नेतामा पौडेल पक्षबाट प्रकाशमान सिंहले पनि आकाक्षा देखाएकोले सर्वसम्मत रुपमा नेता चयन हुने सम्भावना कम छ । काग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेतामा निर्वाचित हुन सम्पुर्ण सदस्य संख्याको ५० प्रतिशत भन्दा बढी सदस्यको मत प्राप्त गर्नुपर्ने छ । निर्वाचन भएमा नेता बन्न ३२ मत ल्याउनु पर्ने छ । सर्वसम्मत हुने भए महामन्त्री डा. शशांक कोइरालाले समेत दलको नेता बन्ने आकाक्षा राख्नु भएको छ । महामन्त्री कोइरालाले होली पर्वको अवसर पारि वुधवार आफ्नै निवासमा शीर्ष नेतासहित संघीय संसदका सबै सदस्यहरुलाई दिवा भोजको समेत आयोजना गर्नुभएको थियो ।

संवैधानिक परिषद्को सदस्य समेत रहेने प्रमुख प्रतिपक्ष दलको नेतामा सभापति देउवाले संसदीय दलको नेतामा आफ्नो उमेद्वारी रहने स्पष्ट पार्नुभएको छ । महामन्त्री कोइरालाको भोजमा सरिक हुनुभएका सभापति देउवाले सञ्चारकर्मीहरुलाई दलको नेतामा आफुले उमेद्वारी दिने स्पष्ट पार्नुभएको हो । पौडेल पक्षका नेताहरुले सभापतिले दलको नेतामा आकाक्षा राख्न नहुने बताएपनि अर्को गुटका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो पक्षका सांसदहरुलाई खास निर्देशन दिनुभएको छैन । सिटौला पक्षका सांसद भिमसेनदास प्रधानले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार सिटौलाले आफ्नो विवेक प्रयोग गर्नु मात्र भनेका छन् ।

प्रतिनिधिसभामा सिटौला पक्षका प्रत्यक्ष तर्फ ३ र समानुपातिक तर्फका २ गरि ५ जना सदस्य रहेको उहाको भनाई थियो । सांसद प्रधानका अनुसार संसदीय दलको नेताको निर्वाचनका सवालमा जोड घटाउ गर्दा सभापति देउवाको पक्षमा ४० जनाा भन्दा बढी हुन्छन् । दलको नेतामा आफुले जित्ने निश्चित भए संगै सभापति देउवाले पौडेल पक्षको कुरा नसुनी आफ्नो तयारी अघि बढाएका छन् ।

कुल १३ जना सदस्य रहेको राष्ट्रिय सभामा भने संसदीय दलको नेताले नै राष्ट्रिय सभाको लागि नेता मनोनित गर्ने विधानमा उल्लेख छ । राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरु संसदीय दलको सदस्य हुने भएपनि प्रतिनिधिसभाको सदस्यहरु मध्यबाट मात्र दलको नेता निर्वाचित गरिने विधानमा व्यवस्था गरिएको छ । उपनेता तथा प्रमुख सचेतक र सचेतक भने दलको नेताले नै मनोनित गर्ने छन् ।

कार्यसमितिको निर्वाचन भने केहि दिन पछि मात्र हुने निर्वाचन समितिका संयोजक चीनकाजि श्रेष्ठले बताउनु भएको छ । विधान अनुसार संसदीय दलको नेताले प्रतिनिधि सभा संसदीय दलको कुनै एक सदस्यलाई मुख्य सचेतकमा मनोनयन गर्ने व्यवस्था छ । मुख्य सचेतकको सिफारिसमा नेताले प्रतिनिधि सभा र राष्ट्रिय सभामा सचेतक मनोनयन गर्नेछन् ।

प्रतिनिधिसभाका ६३ जना सदस्यहरुको नामावली

शेरवहादुर देउवा
प्रकाशमान सिंह
डा. शसांक कोइराला
मिनेन्द्र रिजाल
गगन थापा
भिमसेनदास प्रधान
राजेन्द्र कुमार केसि
सिताराम महत्तो
विजयकुमार गच्छेदार
ज्ञानेन्द्र वहादुर कार्की
डा. नारायण खड्का
तेजुलाल चौधरी
प्रदिप गिरी
अमरेशकुमार सिंह
मोहन आचार्य
मोहमत आफताब आलम
देव प्रकाश तिमल्सिना
उमाकान्त चौधरी
प्रमोद कुमार यादव
भरतकुमार शाह
देवेन्द्र राज कडेल
अभिशेक प्रताप शाह
संजय कुमार गौतम
वहादुर सिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लाल काजि गुरुङ
जिप छिरिङ लामा
दिव्यमणि राजभण्डारी
ज्ञानकुमारी छन्त्याल
प्रमिला राईं
महेन्द्र कुमारी लिम्बु
हिरा गुरुङ
मिना सुब्बा
बालकृष्ण खाण
दिलेन्द्रप्रसाद बडु
किशोर सिंह राठौर
सत्य नारायण शर्मा
सुर्य वहादुर केसि
राम वहादुर विष्ट
सुजाता कोइराला
पुष्पा गौतम
डिला संगौला
मिना पाण्डे
उमा रेग्मी
रंगवती शाही
पदम नारायण चौधरी
पार्वति डिसि चौधरी
नमिता कुमारी चौधरी
मान वहादुर विश्वकर्मा
मिन वहादुर विश्वकर्मा
प्रकाश रसाइली
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली
बिनोद चौधरी
स्मृति नारायण चौधरी
नागेन्द्र कुमार
सितादेवी यादव
चित्रलेखा यादव
मिनाक्षी झा
अतहर कमाल मुसलमान
सरबत आरा खानम

राष्ट्रियसभाका १३ जना सदस्यको नामावली

सरिता प्रसाई
रमेश जंग रायमाझी
मुक्ता कुमारी यादव
जितेन्द्र नारायण देव
धनकुमारी खतिवडा
राधेश्याम अधिकारी
विन्दा देवी आले
प्रकाश पन्थ
सुरेन्द्र राज पाण्डे
अनिता देवकोटा
दुर्गा प्रसाद उपाध्याय
बद्री प्रसाद पाण्डे
तारादेवी भट्ट

प्रतिक्रिया दिनुहोस्