टिमुरको व्यापारबाट करोडौँको आम्दानी



सरिता चलाउने, सल्यान ।
यस वर्ष टिम्मुरको मुल्य वढेपछि सल्यानका किसानहरु खुसी भएका छन । विगतका वर्षहरुमा ३ सय ५० सम्म प्रति किलो विक्रि हँुदै आएको टिम्मुर प्रति किलो ८ सय ५० रुपैयाँसम्ममा विक्रि भएपछि किसानहरु खुशी भएका हुन ।

जिल्लामा टिमुरको ब्यवासायिक खेती गरेका किसानहरु मात्र नभई पहिले यहाका गाउ गाउमा कुनैबेला रुखैमा सुकेर खेर जाने टिम्मुर अहिले भने कृर्षकहरुको राम्रो स्रोत बन्दै गएको हो । विगत पाच वर्षको तुलनमा यो वर्ष टिमुरले मुल्य धेरै पाएको कृषकहरुले वताएका छन् ।

पाँच वर्ष पहिले ११ रुपैया प्रति किलो टिमुर वेचेका थियौ अहिले ६ सय ५० वढि मुल्यमा घरैवाट विक्रि भयो वनगाड कुपिण्डे नगरपालिका ३ निगालचुलाका किसान विमलराज डिसीले बताउनु भयो । उहाँले भन्नुभयो पहिले टिमुरले ुमल्य नपाएपछि बारीका डिलमा लगाएका बोटहरु काटेर फालेका थियौ तर गतवर्षदेखि टिमुरले राम्रो बजार पाउन थालेपछि पुन टिमुर खेती गर्न थालेका छौं । यो वर्ष त ज्यादै खुसी भएका छौ ।

टिमुरले मुल्य पाए पछि कृषकहरु मात्र होईन ब्यापारी पनि खुसी भएका छन् । यो पटक भारतलगायतका अन्य मूलुकमा टिमुर माग वढेको न्यौपानेको भनाई छ ।

सल्यान महाभारत सृङखला पर्वत क्षेत्रका सल्यान, रुकुम, रोल्पामा टिमुर खेतीका लागि हावापानी अनुकुल रहेको छ । यहाँ गुणस्तरीय टिमुर उत्पादन हुने गरेको जिल्ला वनस्पति कार्यालय सल्यानका टिमुर विज्ञ कृष्ण पुनले वताए । उनले भने नेपालका ३९ जिल्लामा टिमुर खेती गरिए पनि यहाँ गुणस्तरीय टिमुर उत्पादन हुने गरेको छ ।

मसला, तेल, औषधीमा सावुन लगायतका विभिन्न प्रयोग हुने टिमुर यहाँ जतातै पाईने गर्दछ । यहाँका सबै सामुदायिक , कबुलियती र निजि जग्गामा टिम्मुर लगाउने क्रम बढदै गएको छ , टिमुर खेती प्रवद्र्धनका लागि जिल्ला वनपस्पती कार्यालय र जिल्ला वन कार्यालयले वेर्ना वितरण, संकलन, लगायतका विषयमा काम गरिहेको जिल्ला वन अधिकृत नवराज काफ्ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्