पालिकास्तरीय भलिबलको उपाधी तनहुँको घिरीङ्ग गाउँपालिकालाई



पर्वत(नेस । पर्वतको कुश्मामा भएको गाउँ र नगर पालिकास्तरिय भलिवल प्रतियोगिताको उपाधी तनहुँको घिरिङ गाउँपालिकाले जितेको छ ।

पुन युवाक्लब कुस्मा पर्वतले आयोजना गरेको भलिबल प्रतियोगिताको फाईनलमा कुश्मानगरपालिकालाई पराजित गर्दै घिरिङ गाउँपालिकाले उपाधि जितेको हो ।

फाईनल भिडन्तमा पहिलो सेट कुश्मानगरपालिकाले जितेपनि वाँकी ३ वटा सेटमा लगातार जित निकाल्दै घिरिङ गाउँपालिकाले उपाधी आफ्नो पोल्टामा पारेको थियो ।

प्रतियोगितामा बिजेता बन्दै घिरिङ गाउँपालिकाको टोलीले नगर १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार हात पारेको छ । उपबिजेता बन्दै कुश्मानगरपालिकाको टोलीले ७० हजार ७ सय ७७ रुपैयाँमा चित्त बुझायो । पर्वत, बागलुङ, कास्की, स्याङजा र तनहुँका गरि १४ टोलीले प्रतियोगितामा भाग लिएका थिए ।

यस अघि भएको सेमीफाईनलमा पर्वतको बिहादी गाउँपालिकालाई पराजित गर्दै तनहुँको घिरिङ गाउँपालिका फाईनलमा प्रबेश गरेको थियो भने महाशिला गाउँपालिकालाई पराजित गर्दै कुश्मानगरपालिका फाईनलमा प्रबेश गरेको थियो ।

२६ औँ मगर दिवशको अवसरमा पुन यूवा क्लव पर्वतले कुश्मामा आयोजना गरेको भलिबल प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले बिजेता टोलीलाई पुरस्कार बितरण गरे ।

प्रतिक्रिया दिनुहोस्