टीभीएसको जुपिटर पोखरा र चितवनमा



काठमाडौं, (नेस)
जगदम्बा मोटर्स नेपालमा टीभीएस स्कूटरर मोटरसाइकलको आधिकारिक वितरकले टीभीएसको पहिलो जुपिटर क्लासिक पोखरा र चितवनमा सार्वजनिक गरेको छ। नयाँ जुपिटर क्लासिक यसअघि नै नेपाली बजारमा आफैंमा युवा माझ स्थापित तथा लोकप्रिय भइसकेको छ।

यस क्लासिक संस्करणमा सनलाइट आइभोरी बडीकलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आकर्षक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायतका सुविधा छन्।

‘टीभीएस जुपिटर क्लासिक’ पुरै आल्मुनियम बडि, ११० सीसी इन्जनबाट उच्चतम् शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सिलेरेसन र निकै फियुलइफिसेन्सी रहेको छ। पूर्णत मेटल बडिमा निर्माण भएको जुपिटर क्लासिक सडकमा गुडाउँदा उच्च कोटीको सवारी साधन देखिन्छ। चलाउन निकै सजिलो यो स्कुटरमा टीभीएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ।

जुपिटर क्लासिकको ब्रान्डएम्बेस्डर, आयुष्मान जोशी र प्रियंका कार्की उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्