ओम बैंकको नयाँ शाखा लमहीमा



काठमाडौं, (नेस)
ओम डेभलपमेन्ट बैंकले दाङको लमही शाखा स्थापना गरेको छ। लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले देउखुरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृत्ति घोषणा गर्दै शाखाको उद्घाटन गर्नुभएको हो।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी गराउनु भएको थियो।

बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा रुपियाँ लगानी गरेको छ। बैकको शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटीएम संख्या ३१ रहेको छ।बैंकले शेयरधनीलाई १७.६९ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्